हेलिकप्टर दुर्घटनामा ५ जनाकै ज्यान गएको पुष्टि

२३ साउन, काठमाण्डाै ।  नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचाैरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाकै ज्यान गएको पुष्टि भएको छ ।

दुर्घटनास्थलबाट चार जना विदेशी र पाइलट अरुण मल्लको शव निकालिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । हेलिकप्टरमा चार जना चिनियाँ र एक जना पाइलट थिए ।

काठमाण्डौबाट रसुवाकाे स्याप्रुबेसीका लागि उडेको एअर डाइनेस्टीकाे नाइन–एन एजेडी कल साइनकाे हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए अनुसार काठमाण्डौबाट दिउँसो १ बजेर ५४ मिनेटमा उडेको एअर डाइनेस्टीको हेलिकप्टर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *