हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट मल्लको शव परिवारलाई जिम्मा लगाइयो

नुवाकोटको शिवपुरीमा बुधवार भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट (क्याप्टेन) अरुण मल्लको शव परिवारलाई जिम्मा लगाइको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले पाइलट मल्लको शव परिवारलाई जिम्मा लगाएको हो । यस्तै हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका चार जना चिनियाँ नागरिकको पहिचानका लागि आधार सङ्कलन गर्ने काम हुँदैछ । चिनियाँ नागरिक जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जीको शव पहिचानका लागि आवश्यक प्रक्रिया चलिरहेको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीले जानकारी दिनुभयो । शवको पोस्टमार्टम भने सकिएको छ । बुधवार दिउँसो काठमाण्डौबाट रसुवाको स्याफ्रुबेसीका लागि चिनियाँ पर्यटक लिएर उडेको एअर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटना हुँदा पाइलट मल्लसहित पाँच जनाको ज्यान गएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *