गायक प्रकाश तिमिल्सिनाको निधन

गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । हिजो बेलुका ललितपुरको भैँसेपाटी डेरामा अचेत अवस्थामा भेटिएका उहाँलाई परिवारका सदस्य र आफन्तले तत्काल पाटन अस्पताल पुर्‍याएका थिए  तर डाक्टरले मृत घोषणा गरे । तिमिल्सिनाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन् । सुनसरीका स्थायी बासिन्दा तिमिल्सिना गायन प्रतियोगिता नेपाली ताराु मार्फत सङ्गीत क्षेत्रमा उदाउनुभएको थियो । उहाँका प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ, तिम्रो हातको सिन्दूरु, नमान लाज यसरीु, तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिंडे म, नआए नि हुन्थ्यो लगायतका गीत छन् । उहाँले बाल्यकालमै आँखाको ज्योति गुमाउनुभएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *