शेयर बजारमा २५ अर्ब ७७ करोड रुपैयाँको ऐतिहासिक कारोबार, नेप्से २८ सय ६० विन्दुमा

२७ साउन, काठमाण्डाै । शेयर बजारमा उच्च कारोबारको अर्को रेकर्ड बनेको छ । शेयर बजार परिसूचक नेप्से आज साढे ९४ अङ्कले बढेर २८ सय विन्दुभन्दा माथि पुग्दा झन्डै २६ अर्ब रुपैयाँको कारोबार भएको हो ।

आज ६ करोड तीन लाख २१ हजार कित्ता शेयर २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि–इन्सुरेन्स कम्पनीको एक अर्ब ५२ करोड र शिवम् सिमेन्टको एक अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ ।

उच्च कारोबारको रेकर्ड बनेको दिन नेप्से आज ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार आठ सय ६० दशमलव ९१ विन्दुमा पुगेको छ । नेप्से पछिल्लो साढे दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

आज १४ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन आज कुथेली बुखारी जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *