मोरङको बेलबारीमा हात्तीको छावा मृत अवस्थामा फेला

२९ साउन, मोरङ । बेलबारी–३ करमडाँडामा अन्दाजी तीनदेखि चार वर्षको हात्तीकाे छावा मृतावस्थामा भेटिएको छ । स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा आज बिहान मृत फेलापरेको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

छावाको मृत्युको कारण भने खुल्न नसकेको उहाँले बताउनुभयो । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीसहितको प्राविधिक तथा प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *