लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिनु हुने भएको छ । भदौ ४ गते बस्ने लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लाग्नु भएको हो । एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य साउन ७ गते नेपाली काङ्ग्रेस र नेकपा एमालेका ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । उहाँले सरकारलाई अझै पूर्णता दिन भने सक्नुभएको छैन । एमाले र काङ्ग्रेसबाट चाररचार जना मन्त्री नियुक्त गरे पनि तीन वटा मन्त्रालय अझै खाली छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *