आज रातिबाट लागू हुने गरी पेट्रोलमा ५ र डिजेलमा ३ रुपैयाँ मूल्य घट्यो

३१ साउन । नेपाल आयल निगम लिमिटेडले बिहीबार रातिबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलमा तीन रुपैयाँ घटाएको छ।

मूल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ६५ रुपैयाँ र डिजेल तथा मट्टीतेल एक सय ५५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट बुधबार दिउँसो पेट्रोल पाँच रुपैयाँ र डिजेल दुई रुपैयाँ ९६ पैसा प्रतिलिटर घटेर आएका कारण नेपाली बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *