बेगनास तालमा डुङ्गा पल्टियो, एकजनाको मृत्यु, पाँचजना बेपत्ता

२३ भदौ, कास्की । कास्कीको बेगनासतालमा शनिबार दिउँसो डुङ्गा पल्टिदा एक जनाको ज्यान गएको छ । डुृङ्गा दुर्घटनामा परी ३ जना घाइते भएका छन् भने अन्य ५ जना बेपत्ता रहेका छन् ।

बेगनासताल पारी एक स्थानीयको घरमा दर खाने कार्यक्रममा जाने क्रममा ९ जना सवार डुङ्गा पल्टिएको हो । डुङ्गा दुर्घटनामा परी नाम नखुलेका एक जना महिलाको बेगनासतालमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । तीनजना घाइतेको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भइरहेको र अन्य ५ जनाको खोजी कार्य जारी रहेको छ ।

दुर्घटनामा परेकाहरुको पहिचान खुलेको छैन । घटनास्थलमा अहिले प्रहरी र स्थानीयले बेपत्ताहरुको खोजी गरिरहेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *