साफ खेल्न नेपाल आइपुग्यो भुटानी टोली

३२ साउन, काठमाण्डौ । पर्सि आइतवारदेखि शुरु हुने साफ २० वर्षमुनिको प्रतियोगिता खेल्न भुटानको टोली नेपाल आइपुगेको छ । भुटानको टोलीले सोमवार साविक विजेता भाारतसँग खेल्ने तालिका छ । समूह ‘बी’ मा भारत, भुटान र माल्दिभ्स रहेका छन्  ।

यसअघि माल्दिभ्सको फुटबल टोली हिजै काठमाण्डौ आइसकेको छ । दक्षिण एशियाली देशहरूबीच हुने यो प्रतियोगितामा ६ देश सहभागी हुँदैछन् । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । याे समूहमा नेपालसँगै बङ्गलादेश र श्रीलङ्का छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *