हेलिकोप्टर दुर्घटना : ६ जनाको मृत्यु, एक घाइते

२३ भदौ, धादिङ । गोरखाको सामागाउँबाट काठमाडौं जाँदै गर्दा बेपत्ता भएको अल्टिच्युड एअरको हेलिकोप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका–१ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार नाइनएनएएलएस कल साइनको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुँवरका अनुसार एक घाइतेको उद्धार गरिएको छ ।

विहानैदेखी बाक्लो कुहिरो लागेकाले दुर्घटना स्थल पहिचान गर्न प्रहरीलाई समस्या भएको थियो । हेलिकप्टरमा ७ जना सवार थिए । घटनास्थलमा भेटिएका शव काठमाडौं लाने तयारी भइरहेको छ ।

शनिबार बिहान ६ः५७ मा उडेकोे हेलिकोप्टर उडेको केही बेरमा धादिङ र नुवाकोटको सीमा क्षेत्रमा आइपुगेपछि सम्पर्क बिहिन भएको थियो । काठमाडौँबाट पर्यटक लिएर शनिबार बिहान गोरखाको सामागाउँ पुगेको हेलिकोप्टरले पर्यटक छाडी त्यहाँबाट क्याप्टेनसहित ७ यात्रु लिएर काठमाडौँका लागि उडेको थियो।

धादिङको खनियावास गाउँपालिका–५ सिमलडाँडास्थित सिमलडाँडा आधारभूत विद्यालयकी शिक्षिका फुलमाया तामाङले टेलिफोन सम्पर्कमा बताए अनुसार बिहान ७ बजेतिर मेघाङको जंगलको कुहिरोभित्र ठुलो आवाजमा विस्फोट भएको थियो । ठूलो आवाज आएपनि कुहिरो लागेकाले के भएको भन्न नसकिएको उनले बताइन् ।

हेलिकोप्टरमा एक जना क्याप्टेनसहित ७ जना यात्रु सवार थिए । हेलिकोप्टरमा सवार मध्येहिरोमी कामात्सु, दिल्लीबहादुर गुरुङ, हिरा शेर्पा, ल्हो आनि, डोल्मा डिकी, छोवाङ नुर्बु, सुनिल तामाङ, निश्चल केसी (पाइलट) सवार थिए । तिवारीका अनुसार डोल्मा डिकी मात्र जीवित छिन्। अन्य यात्रुको शव हेलिकोप्टरमै भेटिएको हो ।

यो पनि पढ्नुहोस

https://koshidarpan.com/2018/09/08/749/

https://koshidarpan.com/2018/09/08/753/

Leave a comment

Your email address will not be published. Required fields are marked *