कुकुर/बिरालोका लागि तीन अर्ब रुपैयाँभन्दा धेरैकाे दाना निर्यात

४ भदौ, काठमाण्डाै । गएको आर्थिक वर्ष २०८०/८१ मा नेपालले तीन अर्ब रुपैयाँभन्दा धेरैकाे कुकुर/बिरालोका लागि दाना निर्यात गरेको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गएको आर्थिक वर्षमा नेपालले तीन अर्ब १८ करोड रुपैयाँ बराबरको १६ लाख ४४ हजार किलाे कुकुर/बिरालाेका लागि दाना निर्यात भएकाे हाे । पहाडी र हिमाली क्षेत्रमा पालिने गाईको दूधबाट छुर्पीजस्तै दाना बनाएर विदेशमा कुकुर/बिरालोको खानाको रूपमा निर्यात हुँदै आएको छ ।

अमेरिका, बेलायत, क्यानडा, सिङ्गापुरलगायत देशमा इलाम र सोलुखुम्बुबाट निर्यात हुने छुर्पीलाई भन्सार विभागले ‘कुकुर बिरालोको खाना’ को रूपमा व्याख्या गरेको छ । नेपालको छुर्पी स्वादिष्ट हुने र त्यहाँका कुकुर बिरालोलाई समय कटाउन सजिलो हुने भएकाले माग बढिरहेको नेपाली व्यवसायी बताउँछन् ।

यस्तै गएको आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा फलाम र फलामबाट बनेका उत्पादन परेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *