धरान उप -महानगरपालिका साराङ्ग स्थितबाट ठुलो परिमाणमा ट्रकमा लोड गरेर ल्याउँदै गरेको गाँजा बरामद

सुनसरीको धरान उप -महानगरपालिका–१३ साराङ्ग स्थितबाट ठुलो परिमाणमा ट्रकमा लोड गरेर ल्याउँदै गरेको गाँजा प्रहरीले बरामद गरेको छ । बिहान ९ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ४७३३ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा ट्रकमा मुलाको बोरासँगै लोड गरिएको ४४ वटा सेतो बोरामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा १४ सय २० किलो लागुऔषध गाँजासहित मोरङको सुन्दर हरैचा नगरपलिका–७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभूमी गाउँपालिका–७ का ४१ वर्षीय भुपेन्द्र राईलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको गाँजा, ट्रक र मानिसहरुको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *