मर्स्याङ्दी नदीमा खसेको यात्रुवाहक बस दुर्घटनामा २९ जनाको उद्धार

मर्स्याङ्दी नदीमा खसेको यात्रुवाहक बस दुर्घटनामा २९ जनाको उद्धार गरिएको छ।  उद्धार गरिएका मध्ये १४ जना अचेत अवस्थामा रहेका छन्। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार १५ जना भने बोल्न सक्ने अवस्थामा रहेका छन् ।

बसमा ४० जनासम्म यात्रुहरू सवार रहेको प्रहरीको प्रारम्भिक अनुमान छ। बाँकी यात्रुहरूको खोजी कार्य जारी रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक रविन्द्र रेग्मीले बताए । उद्धार गरिएकाहरूलाई उपचारका लागि अस्पताल पठाउने क्रम जारी छ । दुर्घटनामा परेका उद्धार गरिएकाहरूको र सवार अन्य यात्रुहरूको पहिचान भने खुल्न बाँकी रहेको छ । तनहुँको आँबुखैरेनी( २ ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस आज बिहान साढे ११ बजे मर्स्याङ्दीमा खसेको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *