ऋण लिएर नतिर्ने मैनालीको घरमा मृत भेटिए बिर्तामोडका प्रसाईं

७ भदौ, बिर्तामोड । झापा बिर्तामोडका व्यवसायी महेन्द्रप्रसाद प्रसाईं आफूले पैसा दिएका ऋणीको घरमा मृत भेटिएका छन् ।

घटनास्थलमा प्रहरी पुगिसकेको छ भने मैनालीको घरलाई घेराबन्दी गरिएको छ ।

बिर्तामोड-१ सिनेप्लजा नजिकै घर भएका नरेन्द्र मैनालीको घरमा प्रसाईं आज मृत भेटिएका छन् । मैनालीले प्रसाईंको करोडौँ ऋण नतिरेको भनाइ छ ।

घरजग्गाको व्यवसाय गर्दै आएका प्रसाईं बिएन्डसीको स्थापनाकालमा शेयर सदस्य रहेका थिए ।

मैनालीले प्रसाईंसहित बिर्तामोड र आसपासका व्यवसायीको दुई अर्ब रुपैयाँभन्दा बढी रकम लिएर भागिरहेको बताइन्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *