भारतको बिहार राज्यमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना

भारतको बिहार राज्यमा नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा परेको छ । दुर्घटना हुँदा ३५ भन्दा बढी यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । आज बिहारको समस्तीपुर मुसरीघरारी चौराहा नजिक उक्त बस दुर्घटनामा परेको हो । घाइतेहरूको सदर अस्पताल र मुसरीघरारीको उक निजी क्लिनिकमा उपचार भइरहेको बताइएको छ । तीव्र गतिमा दौडिरहेको ट्रकले पछाडिको टायरमा धक्का मारेपछि बस दुर्घटना परेको हो । दुर्घटनामा बसको एक्सल टुटेको छ। जसमा अनियन्त्रित हुँदा बस सडकमै पल्टिएको हो । बसमा ४३ जना यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। यात्रुहरू बारा जिल्लाका रहेको बुझिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *