अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्ड कपको उपाधि मोरङलाई

 भदौ ११, अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्ड कपको उपाधि मोरङले जितेका छ । सोमबार सम्पन्न फाईनल खेलबाट सिरहाको सलहेस युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मोरङको सगरमाथा युथ क्लबले उपाधि जितेको हो । मोरङले सुरुवाती खेलको दोश्रो मिनेटमा नै गरेको गोल नै निर्णायक बन्यो । बिजय भुजेलले सुरुवाती खेलमै प्रहार गरेको बलले जाली जितेसँगै जितका लागि पर्याप्त बन्यो । त्यसपश्चात निर्धारित समय अवधि भरि दुवै समहुले आक्रामक ढंगले खेलेपनि सिरहाले कुनै गोल फर्काउन नसक्दा पराजय ब्यहोर्न बाध्य भयो ।

प्रतियोगिताको बिजेता टिम मोरङले उपाधि जितेसँगै नगद ५ लाख रुपैयाँ र उपबिजेता सिरहाले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । खेल अवधि भरि बिभिन्न बिधामा उत्कृष्ट बनेका खेलाडीलाई समेत उचित नगद पुरस्कार प्रदान गरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *