टेक्सासमा नेपाली विधार्थीमाथि गोलि हानि हत्या

नेपालको भोजपुर जिल्ला घर भए २१ वर्षीय मुना तीन वर्षअघि विद्यार्थी भिषामा अमेरिका आएकी थिइन् र टेक्सासको कम्यूनिटी कलेजमा अध्ययनरत नेपाली विद्यार्थी मुना पाण्डेको आफ्नै अपार्टमेन्टमा गोली हानी हत्या भएको छ । शनिवारदेखि फोन सम्पर्कमा नआएकी मुनाको शव सोमबार ह्युस्टनस्थित वेष्ट एरपोर्ट ब्लु वर्ड अपार्टमेन्टमा गोली लागेका अवस्थामा फेला परेको हो। यस घटनाले नेपाली समुदायमा ठूलो शोक र आक्रोश पैदा गरेको छ ।

मुनाको हत्याप्रति उनका साथीहरूले गहिरो दुःख व्यक्त गरेका छन्। उनकी पूर्व रुममेट बृशा निरौलाले मुनाको न्यायको लागि छानबिनको माग गर्दै, उनी अत्यन्त चुलबुली र खुसी मिजासकी थिइन् भनेर सम्झिएकी छिन् । उनका धेरै साथीहरूले पनि हत्यारालाई पत्ता लगाउन र कानुनी कारबाही गर्न दवाव दिएका छन् । सबैलाई खुसी बनाउन सक्ने दयालु स्वभावकी मुनाको हत्यामा संलग्न व्यक्तिहरूलाई सजाय नभएसम्म आफूहरू चैनले बस्न नसक्ने भन्दै उनीहरूले न्यायको माग गरेका छन् ।
अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा बसोबास गर्दै आएकी मुना पाण्डेको गोली हानि हत्या कस्ले गरेको भनि प्रहरिले तिब्र रूपमा खोजि कार्य गरिरहेको छ भने केही साता अघि मात्रै भर्जिनियाको मनासस निवासी ममता काफ्लेको खोजी र अन्ततः हत्याको घटनाले विश्वभरिका नेपाली समुदायलाई स्तब्ध बनाइरहेको बेला अर्को नेपाली चेलीको हत्या भएको घटनाले टेक्सासको नेपाली समुदायमा थप आशंका र चिन्ता उत्पन्न गरेको छ । तीन दिनसम्म सम्पर्क बाहिर रहेकी मुनाको हत्या कसले र किन गर्‍यो भन्नेबारे अझै पनि केही खुल्न सकेको छैन, र प्रहरीले यस विषयमा थप अनुसन्धान सुरु गरेको छ ।

 

 

Leave a comment

Your email address will not be published. Required fields are marked *