मुस्ताङको जोमसोम र कास्कीको पोखरा हवाई सेवा झन्डै दुई महिनापछि आजदेखि पुनः सञ्चालनमा

मुस्ताङको जोमसोम र कास्कीको पोखरा हवाई सेवा झन्डै दुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई सेवा प्रतिकूल मौसमका कारण गएको असार १७ गतेदेखि स्थगित भएको थियो । जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालका अनुसार दुई महिनापछि समिट एअरलायन्सले आज पाँच वटा उडान भरेको छ । ती उडानमार्फत ९० जना यात्रु मुस्ताङ भित्रिएका छन् । मौसममा सुधार र पर्यटकीय सिजनसमेत शुरू हुन लागेकाले स्थगित पोखरा–जोमसोम हवाई सेवा सञ्चालन गरिएको उहाँले बताउनुभयो । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित हुँदै आएको अवस्थामा हवाई सेवा पुनः शुरू भएपछि मुस्ताङका स्थानीय बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज भएको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *