राष्ट्रपतिबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण

१३ भदौ, काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गएको साउन ३० गते प्रतिनिधिसभाबाट पारित भएको विधेयक भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो । यो विधेयकलाई नेपालको शान्ति प्रक्रियालाई टुङ्गाेमा पुर्‍याउने अन्तिम खुड्किलोका रूपमा महत्त्वपूर्ण मानिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *