पाँचथरको फालेलुङ गाउँपालिका–५, प्राङबुङमा विष्फोट हुँदा एकै घरका दाजुबहिनीको मृत्यु

पाँचथरको फालेलुङ गाउँपालिका–५, प्राङबुङमा विष्फोट हुँदा गम्भीर घाइते एकै घरका दाजुबहिनीको मृत्यु भएको छ । अढाई वर्षीया प्रिन्सा साँवाको गएराति १० बजे मृत्यु भएको थियो । राति १ बजे उनकै दाजु ११ वर्षे दिप्सनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो दिउँसो साढे २ बजेतिर फालेलुङ ५, डाँडागाउँका आइतराज केरुङको घरमा ग्रिनेड विष्फोट भएको थियो । घरमा खेलिरहेका तीन बालबालिका विष्फोटमा घाइते भएकामा दिप्सन र प्रिन्सा गम्भीर थिए ।गम्भीर घाइते दुवैलाई उपचारका लागि झापा लैजानेक्रममा प्रिन्साको बाटैमा र दिप्सनको झापाको बिएन्डसी अस्पतालमा उपचारक्रममा मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ । दिप्सन र प्रिन्सा स्थानीय दिलीप साँवाका छोरा–छोरी हुन् । घटनामा ज्ञानबहादुर राईका नौ वर्षे छोरा पवन राई सामान्य घाइते छन् ।

पॉचथरको विष्फोटबारे प्रहरीको भनाइ: 

Leave a comment

Your email address will not be published. Required fields are marked *