राजदूत प्रकाशमणि पौडेलले नेपालमा पोर्चुगलको भिसा सेन्टर स्थापनाका लागि पहल गर्ने

पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणि पौडेलले नेपालमा पोर्चुगलको भिसा सेन्टर स्थापनाका लागि पहल गर्ने बताउनुभएको छ । अहिले भारतबाट पोर्चुगलका लागि भिसा लिनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्दै नेपालमा नै त्यसको व्यवस्था गर्नका लागि आफूले पहल गर्ने उहाँको प्रतिबद्धता छ ।संसदीय सुनुवाइ समितिको आजको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत पौडेलले नेपालको व्यापार घाटा कम गर्न पनि आफूले सक्दो पहल गर्ने बताउनुभयो । राजदूत पदलाई मार्केटिङ म्यानेजरु को रूपमा चित्रण गर्दै उहाँले अन्य देशहरूमा नेपालको उत्पादनको बजार खोजी गर्नु र विस्तार गर्ने काममा आफू लागिपर्ने उल्लेख गर्नुभयो । प्रस्तावित राजदूत पौडेलले दुई देशबीचको संयन्त्रलाई प्रभावकारी ढङ्गले परिचालन गर्न पनि आफूले ध्यान दिने बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *