नेपालमा एक वर्षमा ७ हजार २ सय २३ जनाले गरे आत्महत्या

२३ भदौ । नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा सात हजार दुई सय २३ जनाले आत्महत्या गरेका छन् । विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भमा काठमाण्डाैमा आज आयोजित कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आत्महत्याको विवरण सार्वजनिक गरेको हो ।

महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालमा दिनमा औसत २० जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाएको बताउनुभयो । नेपालमा १५ देखि ४५ वर्षका प्रजजन उमेर समूहका महिलाहरूको मृत्युको पहिलो कारण आत्महत्या रहेको पनि घिमिरेले बताउनुभयो ।

आत्महत्याको कारणमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक र आर्थिकलगायत रहेका छन् । विश्वमा मृत्युका कारणहरूमध्ये आत्महत्या १५ औं कारण रहेको छ । विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरू अति कम र मध्यम आर्थिक अवस्था भएका देशमा हुने गरेका छन् ।

‘आत्महत्या दिवसबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ भन्ने नारासहित’ आउँदो मङ्गलवार विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *