झापाको बिर्तामोडमा भोलिदेखि दशैं तिहार महोत्सव तथा जुत्ता मेला आयोजना हुने

झापाको बिर्तामोडमा दशैं तिहार महोत्सव तथा जुत्ता मेला आयोजना हुने भएको छ । सिटी सेन्टरको आयोजना र नेपाली जुत्ता घरको सह आयोजनामा मेला हुन लागेको हो ।मेला आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले भोलिदेखि असोज २४ गतेसम्म सिटी सेन्टरमा जुत्ता मेला आयोजना गरिएको बताए । आइतबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यायले मेला सम्बन्धी जानकारी दिएका हुन् । गतवर्ष पनि पुस ९ देखि माघ १५ गतेसम्म प्रथम बिर्तामोड जुत्ता चप्पल व्यापार महोत्सव आयोजना गरिएको थियो । त्यसैको निरन्तरता स्वरूप यसवर्ष दशैं सुरु हुनु अगावै मेला आयोजना गरिएको हो ।मेलामा २५ वटा स्थल रहने छ । स्वदेशी उत्पादन प्रयोगका लागि ग्राहकलाई प्रेरित गर्नु मेलाको उद्देश्य रहेको घिमिरे बताउँछन् ।आयोजक सिटी सेन्टरका सञ्चालक दीपेन्द्र राउतका अनुसार मेलामा पाँचवटा कम्पनीका १० भन्दाबढी ब्राण्डका ३ हजार भन्दाबढी मोडलका जुत्ता उपलब्ध हुनेछन् । ग्राहकले छानीछानी जुत्ता किन्न पाउनेछन् । मेलामा ग्राहकले १५ देखि ५० प्रतिशतसम्म छुट प्राप्त गर्ने जनाइएको छ । यसबाहेक कम्पनीका आफ्नै स्कीम र अफर पनि सञ्चालनमा रहने छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *