प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला पौडेल सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नुहुनेछ । त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यसैगरी उहाले नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पनि प्रस्तुत गर्नुहुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *