आजदेखि बिर्तामोडको बजार सातै दिन खुल्ने

२४ भदौ, झापा । सोमवार साप्ताहि रुपमा बन्द हुँदै आएको बिर्तामोडको ब्यवसाय आजबाट सातै दिन शुचारु हुने भएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघले चाडपर्वलाई लक्षित गर्दै आजबाट सातै दिन बजार खुल्ला रहने जनाएको हो ।

संघका अध्यक्ष राजु न्यौपाने र महासचिव कुशल खतिवडाले विज्ञप्ति जारी गर्दै कात्तिक १८ गतेसम्म सातै दिन बजार खुल्ला रहने जनाएका छन् ।

यस बीचमा नेपालीहरुको महान चार्ड विजयादशमी, दिपावली,छठ लगायतका पर्व रहने र सुलभ दरमा व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई समेत अनुरोध गरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *