श्री एयरलाइन्सले काठमाण्डौ–पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क दिने

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाण्डौ–पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क दिने भएको छ । एयरलाइन्सले हिजोदेखि लागू हुने गरी आउँदो असोज ४ गतेसम्म काठमाण्डौ–पोखरा विमानमार्फत यात्रा गर्दा एउटा किन्दा एउटा टिकट सित्तैमा दिने भएको हो । एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले पोखराको पर्यटन चलायमान बनाउन तथा एयरलाइन्समा यात्रुको आकर्षणका लागि एक टिकट खरिद गर्दा अर्को निःशुल्क दिने अफर ल्याइएको जानकारी दिनुभयो । खरिद गरेको टिकटबाट असोज १४ सम्म यात्रा गरिसक्नुपर्ने छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *