झापामा डेङ्गी सङ्क्रमणका कारण दुई जनाको ज्यान गयो

झापामा डेङ्गी सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार डेङ्गीबाट हल्दिबारी–३ की ४२ वर्षीया महिला र बिर्तामोड–४ का आठ वर्षीय बालकको ज्यान गएको हो ।झापामा साउन १ गतेयता डेङ्गी सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगेको छ । यही अवधिमा कोशी प्रदेशमा डेङ्गीबाट एक हजार ६५ जना सङ्क्रमित भएका छन् । सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या पाँच सय ३२ पुगेको छ भने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गीका सङ्क्रमितको सङ्ख्या धेरै पाइएको हो । गएको वैशाखदेखि नै कोशी प्रदेशका धेरै जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिन थालेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *