दोमुखामा पौडी खेल्न गएका भद्रपुरका दुईजना किशोर बेपत्ता

२४ भदौ, झापा ।  झापाको शिवसताक्षीको दोमुखास्थित ड्याममा पौडी खेल्न गएका चारमध्ये दुईजना किशोर बेपत्ता भएका छन् ।

सोमबार दिउँसो २ बजेदेखि दोमुखाको ड्याममा पौडी खेल्न पसेका चारमध्ये दुईजना बेपत्ता भएको स्थानीय कुमार फुयलले जानकारी दिए । भद्रपुर ५ बस्ने १५ वर्षीय प्रदिप राई र १५ वर्षीय फिरु शेख बेपत्ता भएका हुन् ।

पौडी खेल्न चारजना पसेकामा दुईजना निस्कन सफल भएका थिए भने अन्य दुईजना निस्कन सफल नभएको बताएको छ । बेपत्ता भएका दुई किशोर भद्रपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् ।

उनीहरूको खोजीका लागि स्थानीयबासी, प्रहरी र आफन्त बेपत्ता भएको स्थान दोमुखा आइपुगेका छन् । उनीहरू दोमुखा ड्याममा पौडी खेल्दै थिए । यो समाचार तयार पार्दासम्म उनीहरूको अवस्था अज्ञात छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *