बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट हुँदा एक घाइते

केटीको विषयमा बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट भएको छ । झडपमा एकजना घाइते भएका छन् भने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिकाको किरात चोकमा दुई अपरिचित पक्षबीच झडप भएको हो । केटीको विषयमा अन्दाजी १०÷१२ जना युवाबीच ग्याङ फाइट भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरीका अनुसार बिर्तामोड–६ बस्ने ३७ वर्षीय जागिर हुसेन घाइते भएका छन् । उनलाई उपचारको लागि मनमोहन अस्पताल लगिएको छ । त्यस्तै, बिर्तामोड नगरपालिका–५ का १८ वर्षीय अरुण राई, सोही स्थानका १७ वर्षीय सबिन तामाङ र बिर्तामोड–४ का १३ वर्षीय राकिब आलमलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट एउटा फलामको कत्ती, एउटा फलामको रडको रोल बरामद गरीएको छ । तीनजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *