२५ जना व्यक्तिको दिसा परीक्षण गर्दा १० जनामा इन्टामिवा हिस्टोलाइटिका नामक कीटाणु फेला

झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा बिरामी हुनेहरु मध्ये २५ जना व्यक्तिको दिसा परीक्षण गर्दा १० जनामा इन्टामिवा हिस्टोलाइटिका नामक कीटाणु फेला परेको छ । शनिश्चरे अस्पतालले हिजो गरेको दिसा परीक्षणबाट किटाणु फेला परेको अस्पतालका प्रमुख डाक्टर योगेश चेम्जोङले जानकारी दिनुभएको छ । । यस्तै, थप १५ जना बिरामीको दिसाको कल्चर जाँच गर्न मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको डाक्टर चेम्जोङको भनाई छ । उनका अनुसार इन्टामिवा हिस्टोलाइटिका नामक कीटाणु काँचो कचिलो खानेकुरा र पानीको कारण देखापर्ने गरेको छ ।

बिरामीहरू अर्जुनधारा ९ स्थित रिता निरौलाको घरमा पूजाको प्रसाद खाएपछि बिरामी भएका थिए । दिउँसो १२ बजे खानेहरूलाई खासै समस्या नभएको र २ बजेपछि प्रसाद खानेहरू ९९ प्रतिशत बिरामी भएको बताइएको छ । पूजामा प्रसाद खाएकै कारण बिरामी पर्नेहरू हिजो ७३ जना शनिश्चरे अस्पतालमा भर्ना गरिएको थियो । त्यसमध्ये ३८ जनालाई मेची प्रादेशिक अस्पताल रेफर गरिएको छ । उपचार पश्चात बुधबार ५१ जना घर फर्किएका थिए । त्यसमध्ये ४८ जना बिहीवार पनि पुनःअस्पताल भर्ना भए । शनिश्चरे अस्पतालले ५० जनाभन्दा बढि स्वास्थ्यकर्मी परिचालन गरेर बिरामीहरूको उपचार गरिरहेको छ । स्वास्थ्य जनशक्ति अभाव भएपछि सबै वडाबाट बोलाइएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *