अमेरिकामा हुने त्रिदेशीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक

२८ भदौ । आईसीसी विश्वकप लिग दुई अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको खेलतालिका सार्वजनिक भएको छ ।

नेपाल, अमेरिका र स्कटल्यान्डको सहभागिता रहने प्रतियोगिता कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ । श्रृङ्खलामा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग हुनेछ ।

नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ । श्रृङ्खलाको सबै खेल अमेरिकाको टेक्सासमा रहेको ह्युस्टन प्रेरि भ्यूमा हुनेछ । सबै खेल नेपाली समयअनुसार राति सवा १० बजे शुरु हुनेछ ।

लिग दुईको एक दिवसीय श्रृङ्खलापछि तीनै टोलीबीच टी ट्वान्टी श्रृङ्खला पनि हुनेछ । क्यानडा र ओमानसँगको त्रिदेशीय एकदिवसीय श्रृङ्खलाका लागि अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडामा छ । यो श्रृङ्खला भदौ ३१ देखि असोज १० गतेसम्म हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *