भोटेकोशीमा गाडी खस्यो, क्रेनको सहायताले निकाल्ने प्रयास

२८ भदौ । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा एउटा गाडी खसेको छ । बाह्रबिसे नगरपालिका–६ मा गाडी भोटेकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईकाअनुसार गाडीलाई क्रेनको सहायताले निकाल्ने प्रयास गरिएको छ । तर नदीमा पानीको बहाव उच्च भएकाले समस्या भइरहेको छ ।

कुन गाडी, कहाँ जाँदै थियो, कति मानिस थिए भन्ने बारेका विवरण प्राप्त नभएको डीएसपी भट्टराईले बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *