एन्फा महिला लिगमा एपीएफ र कर्णाली तथा बाग्मती र चन्द्रपुर खेल्दै

२९ भदौ । एन्फा महिला लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो साढे १२ बजे कर्णाली प्रदेश र सशस्त्र प्रहरी बलको एफीएफ क्लब खेल्दैछन् । एपीएफ ४ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा र कर्णाली ४ खेलमा १ अङ्कसहित नवौं स्थानमा छन् ।

यस्तै दोस्रो खेलमा दिउँसो साढे ३ बजे बाग्मती युथ क्लब र रौतहटको चन्द्रपुर नगरपालिका खेल्दैछन् । चन्द्रपुर ४ खेलमा ५ अङ्कसहित छैटौं र बाग्मती युथ क्लब ४ खेलमा ३ अङ्कसहित आठौं स्थानमा छन् । दुइटै खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *