नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास आजदेखि हुँदै

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास प्यासिफिक एन्जल आजदेखि हुने भएको छ । विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले आजदेखि आउँसो असोज ४ गतेसम्म संयुक्त अभ्यास हुन लागेको नेपाली सेनाले जनाएको छ । काठमाण्डौ, मकवानपुर र धादिङमा विभिन्न अभ्यास सञ्चालन हुने सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिनुभयो ।नेपाली सेना र अमेरिकी सेनाबीच सन् २०१२ देखि शुरू भएको अभ्यासको यो चौथो संस्करण अन्र्तगत पर्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *