व्यापारीको जिबन र व्यापारकाे अबस्था चहलपहल छैन मुख्य व्यापारिक क्षेत्र

कुनै समयमा दैनिक एक लाखसम्मको कारोबार गर्ने झापाको बिर्तामोड क्षेत्र आज भोलि भने सुनसान छ। दशैंँ आउन केबल २५ दिन मात्रै बाँकी हुँदा पनि मोबाइल चलाएर पसलमा बसिरहेका छन् व्यापारी । दशैं आउनै लाग्दासमेत बजारमा चहलपहल नबढेकोमा व्यापारी चिन्तित छन् ।यस वर्ष पनि दशैंमा राम्रो व्यापार हुनेमा उनी विश्वस्त छैनन् । गत वर्ष भाडा तिर्नेसम्मको व्यापार भएको थियो । यो वर्ष त्यो पनि नहुनेजस्तो देखिन्छ व्यापारीका भनाइ छ। ‘मानिसहरूको चहलपहल पनि खासै छैन । यत्रो वर्षसम्म पसल चलाइरहँदा यस्तो व्यापारै नहुने अवस्था पहिले देखिएको थिएन ।

व्यापारीका अनुसार धेरै वर्ष पहिले बिर्तामोडमा चहलपहल देखेका मानिसहरू अहिले आउँदा अचम्म पर्ने गरेका छन् । दिनको ५० हजारदेखि १ लाखसम्मको व्यापार गर्ने साना ठुला व्यापारी पनि अहिले पसलमै निदाउँछन् । धेरै जसो ईलाम घर भएका व्यापारी फेन्सी पसल होटल चलाउँदै आएका छन् । २०८१ सालको शुरुवात नै नराम्रो भएको बताउँछन् स्थानीय व्यापारी । ‘एकातिर दुई तीन महिना सुख्खा भएको व्यापार चाडपर्वमा अलिक रिकभर होला भन्ने थियो ।समग्रमा भन्नुपर्दा व्यापार अहिले माइनसमा रहेको छ । भाडा तिर्न नसकेको अवस्था छ । बिर्तामोडमा गत वर्ष व्यवसाय ठिकै भए पनि यस वर्ष खस्किएको व्यवसायीहरूले बताएका छन् । गत वर्षभन्दा केही चलायमान हुनुपर्ने बजार झन् सुस्त हुँदै गएको उनीहरूको भनाइ छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *