एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा कर्णाली र सुदूरपश्चिम प्रदेश खेल्दै

२ असोज । एन्फा महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका खेल्दैछन् । यो खेल सातदोबाटोको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो साढे १२ बजे शरु हुँदैछ । पुलिस क्लब ५ खेलमा ११ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

समान खेलमा ६ अङ्क रहेको चन्द्रपुर नगरपालिका छैटौँ स्थानमा छ ।आजै हुने दोस्रो खेलमा कर्णाली र सुदूरपश्चिम प्रदेश दिउँसो साढे ३ बजे खेल्दैछन् । ५ खेलमा १ अङ्क रहेको कर्णाली नवौँ र समान ५ खेलमा अङ्कविहिन रहेको सुदूरपश्चिम पुछारमा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको लिगमा १० टोली सहभागी छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *