फुजेल घटनाका आरोपी छविलाल रिहा १२ जनाले पाए सफाइ

अर्पित राई

२५ भाद्र, काठमाडौं । चितवन जिल्ला अदालतले फुजेल हत्याकाण्ड प्रकरणमा आइतबार फैसला सुनाएको छ । फुजेलका अधिकारीको हत्या आरोप खेपेका अधिकारीलार्इ गत असार २५ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि जेल चलान गरिएको थियो । लगत्तै करिब २ महिनापछि पौडेलसहित १२ ले सफाइ पाएका हुन् । मुद्दा खेपेका १२ मध्ये छविलाल जेल परे पनि अन्य भने पक्राउ परेका थिएनन् ।

अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश गरेको थियो ।
अदालतले माओवादी सशस्त्र संघर्षका बेलामा चितवन रत्ननगरमा भएको गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणमा छविलाल पौडेलले असार २४ गते अदालतमा आत्मसमर्पण गरेका थिए ।
२०६१ साल जेठ २४ मा गोरखाका कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुरआमालाई भेट्न गएको बेला हत्या भएको थियो ।
छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका मृतक कृष्णका बाबु नन्दप्रसाद अधिकारीको पनि अनशनका क्रममा निधन भएको छ । आमा गंगामायाले भने केही महिनाअघि मात्र अनशन तोडेकी थिइन् ।


डिल्लीबजार कारागारले चितवन जिल्ला अदालतले सफाइ दिएसँगै पौडेल सोमबार बिहान रिहा भएको हुन। रिहा भएका पौडेललाई स्वागत गर्न उनका समर्थक बाजागाजासहित डिल्लीबजार कार्यालय पुगेका थिए ।  रिहाईको खुसीयालीमा आज बिहान ७ बजे  समर्थकले पञ्चेबाजासहित र्‍यालीसमेत निकालेका छन् । यसअघि नेकपाका अध्यक्ष प्रचण्डले उनको स्वागत गर्ने भनिए पनि उनी भने उपस्थित भएनन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *