एन्फा महिला फुटबल लिगमा आज बागमती युथ क्लब र कर्णाली प्रदेश खेल्दै

६ असोज । एन्फा महिला फुटबल लिगमा आज बागमती युथ क्लब र कर्णाली प्रदेश खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे शुरु हुनेछ ।

बागमती छ खेलमा चार अङ्कसहित तालिकाको आठौं स्थानमा छ भने समान छ खेल खेलेको कर्णाली चार अङ्कसहित नवौं स्थानमा छ । यो खेलसँगै लिगको सातौँ चरण पूरा हुनेछ ।

१० टोली सहभागी प्रतियोगितामा तीन विभागीय टोली: सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब शीर्ष तीनमा छन् । सात खेलमा अङ्क जोड्न नसकेको सुदूरपश्चिम प्रदेश पुछारमा छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *