पूर्वी इरानको कोइला खानीमा भएको विस्फोटमा कम्तीमा ५१ जनाको मृत्यु

पूर्वी इरानको एक कोइला खानीमा भएको विस्फोटमा कम्तीमा ५१ जनाको ज्यान गएको छ । खानीको दुई वटा ब्लकमा मिथेन ग्यासको चुहावटका कारण विस्फोट भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । यो खानी इरानको राजधानी तेहरानबाट झण्डै साढे पाँच सय किलोमिटर टाढा छ । विस्फोटको समयमा ब्लकमा ६९ जना कामदार उपस्थित रहेका थिए

Leave a comment

Your email address will not be published. Required fields are marked *