सर्लाहीमा श्रीमानले चलाएको गोली लागेर श्रीमतीको ज्यान गयो, बुबा घाइते

१० असोज,  सर्लाही ।  सर्लाहीमा गएराति श्रीमानले हानेको गोली लागेर श्रीमतीको ज्यान गएको छ । उनका बुबा घाइते भएका छन् ।

हरिपुर्वा नगरपालिका–५ घर भएका ३० वर्षीय धीरेन्द्र रायले हानेको गोली लागेर श्रीमती २५ वर्षीया चित्रलेखा रायको घटनास्थलमा नै ज्यान गएको हो । गोली लागेर बुवा ५३ वर्षीय दिनेश राय घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । धीरेन्द्र केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी फरार रहेका र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *