सप्तकोशी नदीमा खसेको बसमा रहेका सबैको उद्धार

११ असोज ।  हिजो बेलुकी सप्तकोशी नदीमा खसेको बसमा रहेका सबैको उद्धार गरिएको छ । बसमा चालक र सहचालक गरी २० जना रहेका र सबैलाई उद्धार गरेर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार बिराटनगरबाट उदयपुरको गाईघाटको लागि छुटेको को १ ख ४६०१ नम्बरको बस हिजो बेलुकी कोशी ब्यारेजबाट सप्तकोसी नदीमा खसेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *