सुरुङ्गामा प्रथम अन्तर प्रदेश नकआउट क्रिकेट प्रतियोतियोगिता हुने

सिमन राई

२५ भदौ, सुरुङ्गा । झापाको सुरुङ्गामा प्रथम अन्तर प्रदेश नकआउट क्रिकेट प्रतियोतियोगिताको तयारी गरिएको छ ।
स्थानीय कनकाई माविको खेल मैदानमा हुने व्रतियोगिता स्थानीय सचेत युवा क्लब र ह्वाईट वास क्रिकेट क्लबको संयुक्त आयोजनामा आगामी भदौ ३० गतेदेखि असोज ६ गते सम्म हुने पत्रकार सम्मेलन गरी जानकारी दिईयो ।
प्रतियोगितामा आयोजक टिम सहित बिर्तामोड, बिराटनगर, भैरहवा, दाङ, मकवानपुर, उदयपुर र पुर्वाञ्चल क्रिकेट क्लब बिराटनगरका टिमले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष निमेस ओलीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार र दोस्रो हुनेले ३१ हजार प्राप्त गर्नेछन भने प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले दुई हजार रुपैयाको पुरस्कार रेडक्रसकर्मी प्रवीण तिम्सीनाले उपलब्ध गराउने समेत जानकारी गराईयो । फाईनलमा बिधागत उत्कृष्ट खेलाडीलाई जनहि पाँच हजारको दरले पुरस्कार उपलब्ध गराउने निर्णय भएको पनि प्रतियोगिताको संयोजक प्रदीप गजमेरले बताए ।
प्रतियोगिता ६ लाख रुपैयाको लगानीमा सञ्चालन गरिने र यस्मा कनकाई नगरपालीकाको मुख्य सहयोग रहने र रुद्र गौरी श्री अम्बिका ओली प्रतिस्ठान र टिभिएस मोटरसाईकलबाट प्रथम र दितिय पुरस्कार सौजन्य हुने कुरा आयोजकले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *