कनकाई नदीमा बढीको तह २ दशमलव ८ मिटर पुग्यो

११ असोज, बिर्तामोड । झापाको तीन स्थानमा वर्षाको सामान्य तह पार गरेको छ । कचनकवल, चन्द्रगडी विमानस्थल क्षेत्र र गौरादहमा वर्षाको मात्रा बढिरहेको मापन केन्द्रहरुले जनाएका छन् ।

झापा रेडक्रसका विपद् फोकल पर्सन हरिचरण खड्काका अनुसार जिल्लाका तीन स्थानमा वर्षाको सामान्य तह १४० मिलिमिटर बढेर गएको छ । विहान ९ः१५ बजे गरिएको मापन अनुसार कचनकवलमा १७९.८ मिमि, चन्द्रगडी १४४.२ मिमि, गौरादह १६२.२ मिमि वर्षा भइरहेको छ । खड्का अनुसार १४० मिमिभन्दा माथि वर्षा हुनुलाई जोखिम मानिन्छ ।

तीन स्थानपछि बिर्तामोडमा वर्षाको जोखिम बढ्दै गइरहेको बताइएको छ । बिर्तामोडमा ११६.६ मिलिमिटर वर्षा भइरहेको छ । यो दर बढेर जाने अनुमान गरिएको छ ।

निरन्तर पानी परिरहेमा गौरीगञ्ज,झापा गाउँपालिका, बाह्रदशी, कचनकवलर भद्रपुर, कनकाई र विरिङ क्षेत्रका आसपासमा डुवान हुने बताइएको छ । साँझसम्म पानी रोकिएन भने धेरै परिवारहरु विस्थापित हुन सक्ने फोकल पर्सन खड्काले जानकारी दिउनुभयो । उहाँले इलाममा झापाभन्दा कम वर्षा भइरहेकाले खोलामा बाढीको तह धेरै नबढेको जानकारी दिनुभयो ।

कनकाई नदीमा अहिले बढीको तह २.८ मिटर पुगेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *