प्रतिकूल मौसमका कारण हवाई उडान पानी प्रभावित

११ असोज, झापा । दुई दिनदेखि लगातार परिरहेको वर्षका कारण जनजीवन प्रभावित भएको छ । लगातारको वर्षका कारण यातायातका साधनहरू गन्तव्यमा पुग्न पनि समस्या भएको छ। प्रतिकूल मौसमका कारण हवाई उडान पानी प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो ।

काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएका छन् ।

खराब मौसम तथा कम भिजिविलिटीका कारण आजका उडानहरु प्रभावित भएका बुद्ध एअरले जनाएको छ ।

पश्चिममा धनगढी, नेपालगञ्ज तथा भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडानहरु सुचारु रहेपनि अन्य गन्तव्यहरुमा उडान हुन नसकेको कम्पनीले जनाएको छ । 

विमानस्थल प्रशासनका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले केही विमानसथलमा हवाई सुचारु रहेपनि माउन्टेन फ्लाइटहरू रद्द भएका छन् ।

मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको एयरलाइन्सले जनाएका छन् । अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावले  देशभर वर्षा भइरहेको छ । जस कारण हवाई तथा सडक यातायात प्रभावित भएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *