अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता

अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री ओली अमेरिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन्। ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका ओली गत असोज ४ गते अमेरिका गएका थिए । ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरूसँग साइडलाइन वार्तासमेत गरेका थिए । स्वदेश फर्किएसँगै ओलीले आजै मन्त्रिपरिषद् बैठक पनि राखेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *