मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर, ५ वर्षसम्म कैद सजाय माग

१४ असोज, बिर्तामोड । चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर भएको छ ।

विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार उनीविरुद्ध माग दाबी लिइएको छ । प्रसाईंविरुद्ध ५ वर्षसम्म कैद सजाय मागिएको छ ।

प्रसाईंको मंगलबार अदालतमा बयानपछि थुनछेक बहस सुरु हुनेछ । उनी ८ दिनअघि पक्राउ परेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *