अमेरिकामा आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २ सय पुग्यो

अमेरिकामा हेलेन नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २ सय जना पुगेको छ । पहिरोमा पुरिएर हराएकाहरू झन्डै सय जनाको अझै खोजी भइरहेको छ । ज्यान गुमाउनेमा आधाभन्दा बढी उत्तरी क्यारोलिनाका रहेका बीबीसीले जनाएको छ । त्यहाँ सन् २००५ मा आएको कट्रिना नामको विनाशकारी र घातक आँधीपछि अहिलेको हेलेन आँधीले बढी मानवीय तथा भौतिक क्षति गरेको समाचारमा उल्लेख छ । आँधीका कारण विभिन्न ठाउँमा पहिरो गएपछि झन्डै १० लाख मानिस बिजुली र पानीविहीन भएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *