रुपन्देहीमा एक युवतीको शव फेला

भैरहवा । रुपन्देहीमा एक युवतीको शव फेला परेको छ। जिल्लाको शुद्धोधन गाउँपालिका- ७ स्थित करिब २०/२२ वर्षीया युवतीको शव फेला परेको इलाका प्रहरी कार्यालय छपियाकी प्रहरी निरीक्षक शैलेश्वरी बोहराले जानकारी दिइन्।

उनका अनुसार युवतीको सनाखत हुन सकेको छैन्। गुलाबी रंगको कपडा लगाएकी युवतीको शव दानव नदी नजिक फेला परेको हो। युवतीले लगाएको कपडा पाखुरानिर च्यातिएको अवस्थामा शव फेला परेकाले स्थानीयले बलात्कार पछि हत्या भएको आंशका गरेका छन्।

तर, प्रहरी निरीक्षक बोहराले हत्या अघि बलात्कार भएको हो वा होइन पोस्टमार्टमा रिपोर्ट आएपछि मात्र थाहा हुने बताइन्। शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *