सोमबार पहिरोका कारण बसन्तपुर–म्याङलुङ सडक अवरुद्ध

२५ भदौ, तेह्रथुम । सडकमाथिबाट खसेको पहिरोका कारण कोशी राजमार्गसँग जोडिएको तेह्रथुमको बसन्तपुर–म्याङलुङ सडक खण्ड अवरुद्ध भएको छ ।

लालीगुराँस नगरपालिका–९ मा रहेको लसुने बजार नजिकै वाइन फ्याक्ट्री छेऊमा सोमबार मध्यान्ह पहिरो खसेको छ ।

पहिरो खसेपछि म्याङलुङबाट संखुवासभा, धनकुटा, काठमाडौँ र पूर्वी तराईका जिल्लातर्फ छुटे सवारी जान सकेका छैनन् भने धरान र अन्य विभिन्न ठाउँबाट म्याङलुङका लागि छुटेका गाडी र यात्रुहरु बाटोमै अलपत्र परेका छन् । पहिरोका कारण हिलाम्मे सडकमा यात्रुहरुको विजोग भएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत निर्माणाधीन उक्त सडक खण्डमा खसेको पहिरो पन्छाउन जेसीबी भर्खरै पुगेकाले सडक खुल्न अझै केही समय लाग्ने यातायात व्यवसायी डिल्ली रेग्मीले बताउनुभयो

Leave a comment

Your email address will not be published. Required fields are marked *