३० वर्ष पूरा सलमान खान बलिउडमा

बलिउडका दबंग सलमान खानले बलिउड उद्योगमा आफ्नो करियरको ३० वर्ष पूरा गरेका छन् । ३० वर्षको अवधिमा उनले सुरस्टार मात्रै होइन बलिउडमा गड फादरको पहिचान बनाइसकेका छन् ।

सलमान खानले सन् १९८८ मा फिल्म ‘बीवी हो तो ऐसी’ बाट बलिउड डेब्यू गरेका थिए । यस फिल्ममा अभिनेत्री रेखा र अभिनेता फारुख शेख मुख्य भूमिकामा थिए भने सलमान खानले सहायक भूमिका निर्वाह गरेका थिए । सलमानले फरुख सेखको भाइको भूमिका निर्वाह गरेका थिए । यो फिल्म निकै सुपरहिट भएको थियो र सलमानको भूमिका पनि दर्शले निकै मन पराएका थिए ।

त्यसको एक वर्षमै सलमानले फिल्म ‘मैने प्यार किया’ मा अभिनयको मौका पाए । यस फिल्ममा सलमान मुख्य भूमिकामा थिए । सुरज बड्जात्याको निर्देशनमा बनेको यो फिल्म पनि ब्लकबस्टर साबित भयो । यही फिल्मले सलमान खानलाई बलिउडको सुपरस्टार बनाइदियो ।

सन् २०१० मा प्रदर्शनमा आएको फिल्म ‘दबंग’ सलमान खानको कयिरको टर्निङ पोइन्ट बन्यो । फिल्म ‘दबंग’ ले सलमानलाई बलिउड फिल्म उद्योगमा निकै उचाइमा पुर्यायो ।

आठ वर्ष यता देखि सलमान खानको फ्लप फिल्मले पनि बक्स अफिसमा एक सय करोडको आम्दानी सजिलै पूरा गर्दै आइरहेको छ । सलमान खानले बलिउड फिल्म उद्योगमा सुल्तानको उपाधि हासिल गरेका छन् ।

यति मात्रै होइन सलमान खानले विश्वभरीका अभिनेता मध्य धेरै आम्दानी गर्ने अभिनेताको सूचिमा ९ औं स्थानमा कब्जा जमाएका छन् । विश्व चर्चित फोब्र्स म्यागेजिनका अनुसार सलमान खानको एक वर्षको कमाई २३२.८३ करोड भरतीय रुपैयाँ हुन्छ ।

सलमान खान अहिले उनको बहुप्रतिक्षित फिल्म भारतको छायांकनमा व्यस्त छन् । फिल्मको पहिलो छायाकंनको काम माल्टामा पूरा भएको छ  । यस फिल्मको तस्विर सलमानले सामाजिक सञ्जालमा सेयर गरेका छन् । तस्विरमा सलमान खानका साथ यस फिल्मकी मुख्य अभिनेत्री कट्रिना केफलाई पनि देख्न सकिन्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *